FAQs Complain Problems

राप्ती सोनारी गाउँपालिकाको श्रोत नक्शा

Raptisonari Resource Map

राप्ती सोनारी गाउँपलिका जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो । कुल क्षेत्रफल १०४१.७३ वर्ग कि.मि रहेको यो गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर न.पा र डुडुवा गा.पा.,उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गा.पा र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका रहेको छ । साविकका ६ वटा गा.वि.स. हरु खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा ९ वडामा विभाजित छ ।   

गा.पा मा समावेश भएका साविक गा.वि.स. हरु :- खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी
जनसंख्या :- ५९,९४६

केन्द्र :- साविक कचनापुर गा.वि.स. को कार्यालय
वडा नं. २ को अगैया(हालै स्थानान्तरण भएको)             
क्षेत्रफल :- १०४१.७३ वर्ग कि.मि

वडा विभाजन

वडा नं.
साबिकका गा.वि.स. हरु


खास कुश्मा गा.बि.स.का सवै वडा


कचनापुर गा.बि.स.का सवै वडा


बैजापुर गा.बि.स.का १,२,५,६ नं. वडाहरु


बैजापुर गा.बि.स.का ३,४,७,८,९  वडा  नं. वडाहरु


बिनौना गा.बि.स.का सवै वडा


फत्तेपुर गा.बि.स. का ८ र ९ नं. वडाहरु


फत्तेपुर गा.बि.स. का  १ देखि ७ नं.वडाहरु


महादेवपुरी गा.बि.स.का ६ नं. देखि ९ नं. वडाहरु


महादेवपुरी गा.बि.स.का  १ नं. देखि ५ नं. वडाहरु

आर्थिक वर्ष: