FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता कुन कुन वर्गका व्यक्तिहरुले कति कति पाउँछन् ?

१) जेष्ट नागरिक भत्ता ( मासिक रु. : १०००/-)

  • दलित : ६० वर्ष पुगेको
  • अन्य : ७० वर्ष पुगेको

२) एकल महिला भट्ट (मासिक रु. १०००/-)

  • विवाह नगरी बसेको महिला : ६० वर्ष पुगेको
  • विवाह गरेका तर सम्बन्ध बिच्छेद भएका : ६० वर्ष पुगेको

(नोट : विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत.. काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् । )

३) विधवा भट्ट (मासिक रु. १०००/-)

  • पतिको मृत्यु भएका जुनसुकै उमेरका महिला

(नोट : विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत.. काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् । )

४) पूर्ण अपाङ्गता भत्ता (मासिक रु. २०००/-)

  • राप्ती सोनारी गा.पा. कार्यालयको महिला तथा बालबालिका शाखाबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु

५) अति अशक्त अपाङ्गता भत्ता (मासिक रु. ६००/-)

  • राप्ती सोनारी गा.पा. कार्यालयको महिला तथा बालबालिका शाखाबाट ‘ख’ वर्ग अर्थात् निलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु

६) लोपोन्मुख आदिवासी/जनजाती भत्ता (मासिक रु. २०००/-)

  • बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया (पत्थरकट्टा, सिलकट, कुशवधिया, कुचबधिया) जातीका नागरिकहरु

७) बालबालिका भत्ता (मासिक रु. ४००/-) पाँच वर्ष उमेर ननाघेका देहाय वमोजिमका बालबालिका:

  • कर्णाली अञ्चलका जिल्लाहरुका एक आमाका बढीमा २ बालबालिका
  • देशभरीका दलित परिवारका एक आमाका बढीमा २ बालबालिका