समृद्ध राप्ती सोनारीको आधार:शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र दीगो पूर्वाधार

header AD
संक्षिप्त विवरण

राप्ती सोनारी गाउँपालिकाको संक्षिप्त चिनारी
नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्ने बाँके जिल्लाको पूर्व उत्तर क्षेत्रमा अवस्थित छ, राप्ती सोनारी गाउँपालिका । मुलुक संघीय संरचनामा गएसंगै नेपाल सरकार निर्णय बमोजिम यस गाउँपालिकाको स्थापना वि.सं. २०७३/११/२७ गते भएको हो । यो गाउँपालिका जनसंख्याको हिसाबले नेपालकै दोश्रो ठूलो गाउँपालिका हो । राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको  जनसंख्या ६७७८२ (महिला ३५७६७ र पुरुष ३२०१५) रहेको छ । मूलरुपमा थारु समुदायको बाहुल्यता रहेको यस गाउँपालिकामा पहाडी समुदाय, मधेसी समुदाय र मुस्लिम समुदायको बसोवास रहेको छ । कुल क्षेत्रफल १०४१.७३ वर्ग कि.मि. रहेको यो गाउँपालिकाको अधिकांश क्षेत्र बाँके राष्ट्रिय निकुञ्जले ओगटेको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर न.पा. र डुडुवा गा.पा.,उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गा.पा. र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका आफैमा एक उपत्यकाको रुपमा रहेको छ । साविकका ६ वटा गाविसहरु खासकुश्मा, कचनापुर, बैजापुर, बिनौना, फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा ९ वडामा विभाजित छ ।  
जनसंख्या– ६७७८२

केन्द्र –साविक कचनापुर गा.वि.स. को कार्यालय
वडा नं. २ को अगैया(हालै स्थानान्तरण भएको)             
क्षेत्रफल –१०४१.७३ वर्ग कि.मि

 

वडा नं. साबिकका गा.वि.स. हरु
खास कुश्मा गा.बि.स.का सवै वडा
कचनापुर गा.बि.स.का सवै वडा
बैजापुर गा.बि.स.का १,२,५,६ नं. वडाहरु
बैजापुर गा.बि.स.का ३,४,७,८,९  वडा  नं. वडाहरु
बिनौना गा.बि.स.का सवै वडा
फत्तेपुर गा.बि.स. का ८ र ९ नं. वडाहरु
फत्तेपुर गा.बि.स. का  १ देखि ७ नं.वडाहरु
महादेवपुरी गा.बि.स.का ६ नं. देखि ९ नं. वडाहरु
महादेवपुरी गा.बि.स.का  १ नं. देखि ५ नं. वडाहरु

 

 

शाखाको नाम इमेल ठेगना
राप्ती सोनारी गाउँपालिका कार्यालय info@raptisonarimun.gov.np
सूचना प्रविधि शाखा it@raptisonarimun.gov.np
आर्थिक प्रशासन शाखा acc@raptisonarimun.gov.np
योजना शाखा planning@raptisonarimun.gov.np
जिन्सी शाखा store@raptisonarimun.gov.np
शिक्षा शाखा edu@raptisonarimun.gov.np
सूचना अधिकारि info_officer@raptisonarimun.gov.np
कृषि शाखा ag@raptisoanrimun.gov.np
पशु सेवा शाखा livestock@raptisonarimun.gov.np
स्वास्थ्य शाखा health@raptisonarimun.gov.np
प्रशासन शाखा admin@raptisonarimun.gov.np
पूर्वधार शाखा udis@raptisonarimun.gov.np
आ.ले.प शाखा aalep@raptisonaimun.gov.np
रोजगार शाखा pmep@raptisonarimun.gov.np
भूमि शाखा bhumi@raptisonarimun.gov.np
सहकारी शाखा cocomis@raptisonarimun.gov.np
विपद शाखा bipad@raptisonarimun.gov.np
राजस्व शाखा revenue@raptisonarimun.gov.np
आधारभूत जानकारी
Lumbini
Banke
गाउँपालिका
1041.73 वर्ग कि.मि.
जनसंख्या तथ्याङ्क
जम्मा 66445
पुरुष 31327
महिला 35118
अन्य 0
नक्शा दृश्य

स्थापना

स्थापना मिति -
वेबसाइट -
नक्शा निर्देशाङ्क उपलब्ध छैन।