समाचार
नयाँ निर्माणको लागि नक्सा पास गराउदा आवश्यक पर्ने कागजातहरु के के हुन ?
१) जग्गर धनी प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि - १ प्रति
२) चालु आ.व. को मालपोत तिरेको रसिदको प्रतिलिपि - १ प्रति
३) नागरिकताको प्रतिलिपि - १ प्रति
४) कि.नं. स्पष्ट भएको नापीको प्रमाणित नक्सा (ब्लु प्रिन्ट चालु आ.व.को) - १ प्रति
५) पास गरिने नक्साको फोटोकपी (डिजाइनर र नक्सवालको हस्ताक्षर सहित) - १ प्रति
६) डिजाइनरको इजाजत पत्रको नवीकरण सहितको फोटोकपी (सरोकारवालाबाट प्रमाणित) - १ प्रति
७) मन्जुरी लिई बनाउने भएमा रित पुगेको मन्जुरिनामको सक्कल - १ प्रति
८) भवन निर्माण हुने जग्गा (site) पुग्ने बाटो प्रष्ट नभएमा वडाको रोहवरमा बाटोको मन्जुरिनामको सक्कल - १ प्रति
९) जग्गा कुनै निकायमा धितोको लागि सुरक्षित राखेको भए सम्बन्धित निकायबाट स्वीकृत पत्र - १ प्रति
१०) नक्सवाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृति-पत्र - १ प्रति
११) आफु उपस्थित हुन नसकी वारेस राखी नक्सा पास गर्ने बभए मात्र वारिसको प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि - १ प्रति
१२) निवेदनको फोटो - ३ प्रति
१३) संस्थागत / व्यपारिक भवनको लागि पेश गर्नुपर्ने थप कागजातहरु
क) उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि - १ प्रति
ख) VAT/ PAN दर्ता प्रमाणपत्रको प्रतिलिपि - १ प्रति
ग) प्रवन्धपत्रको प्रतिलिपि - १ प्रति
घ) राप्ती सोनारी गा.पा. मा व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि - १ प्रति