FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु

१) जेष्ट नागरिक भत्ता ( मासिक रु. : १०००/-)

  • दलित : ६० वर्ष पुगेको
  • अन्य : ७० वर्ष पुगेको

२) एकल महिला भट्ट (मासिक रु. १०००/-)

  • विवाह नगरी बसेको महिला : ६० वर्ष पुगेको
  • विवाह गरेका तर सम्बन्ध बिच्छेद भएका : ६० वर्ष पुगेको

(नोट : विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत.. काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् । )

३) विधवा भट्ट (मासिक रु. १०००/-)

  • पतिको मृत्यु भएका जुनसुकै उमेरका महिला

(नोट : विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत.. काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् । )

४) पूर्ण अपाङ्गता भत्ता (मासिक रु. २०००/-)

  • राप्ती सोनारी गा.पा. कार्यालयको महिला तथा बालबालिका शाखाबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु

५) अति अशक्त अपाङ्गता भत्ता (मासिक रु. ६००/-)

  • राप्ती सोनारी गा.पा. कार्यालयको महिला तथा बालबालिका शाखाबाट ‘ख’ वर्ग अर्थात् निलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु

६) लोपोन्मुख आदिवासी/जनजाती भत्ता (मासिक रु. २०००/-)

  • बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया (पत्थरकट्टा, सिलकट, कुशवधिया, कुचबधिया) जातीका नागरिकहरु

७) बालबालिका भत्ता (मासिक रु. ४००/-) पाँच वर्ष उमेर ननाघेका देहाय वमोजिमका बालबालिका:

  • कर्णाली अञ्चलका जिल्लाहरुका एक आमाका बढीमा २ बालबालिका
  • देशभरीका दलित परिवारका एक आमाका बढीमा २ बालबालिका

१) पहिले पास गरेको नक्सा र प्रमाणपत्रका प्रमाणित प्रतिलिपि - १ प्रति

२) चालु आ.व. सम्मको घरजग्गाकर तिरेको रसिदको प्रतिलिपि - १ प्रति

३) अरु कागजातको हकमा नयाँ नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्ने छ - १ प्रति

१) नापी नक्सा देखाएको तर नक्सा पास नभएको खण्डमा EXISTING BULIDING को भुई तल्लाको प्लान चार तिरको एलिभेसन र साईट प्लान पेश गर्नुपर्ने छ - १ प्रति

२) कागजातको हकमा नयाँ नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्ने छ - १ प्रति

१) जग्गर धनी प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि - १ प्रति

२) चालु आ.व. को मालपोत तिरेको रसिदको प्रतिलिपि - १ प्रति

३) नागरिकताको प्रतिलिपि - १ प्रति

४) कि.नं. स्पष्ट भएको नापीको प्रमाणित नक्सा (ब्लु प्रिन्ट चालु आ.व.को) - १ प्रति

५) पास गरिने नक्साको फोटोकपी (डिजाइनर र नक्सवालको हस्ताक्षर सहित) - १ प्रति

६) डिजाइनरको इजाजत पत्रको नवीकरण सहितको फोटोकपी (सरोकारवालाबाट प्रमाणित) - १ प्रति

७) मन्जुरी लिई बनाउने भएमा रित पुगेको मन्जुरिनामको सक्कल - १ प्रति

८) भवन निर्माण हुने जग्गा (site) पुग्ने बाटो प्रष्ट नभएमा वडाको रोहवरमा बाटोको मन्जुरिनामको सक्कल - १ प्रति

९) जग्गा कुनै निकायमा धितोको लागि सुरक्षित राखेको भए सम्बन्धित निकायबाट स्वीकृत पत्र - १ प्रति

१०) नक्सवाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृति-पत्र - १ प्रति

११) आफु उपस्थित हुन नसकी वारेस राखी नक्सा पास गर्ने बभए मात्र वारिसको प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि - १ प्रति

१२) निवेदनको फोटो - ३ प्रति

१३) संस्थागत / व्यपारिक भवनको लागि पेश गर्नुपर्ने थप कागजातहरु

क) उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि - १ प्रति

ख) VAT/ PAN दर्ता प्रमाणपत्रको प्रतिलिपि - १ प्रति

ग) प्रवन्धपत्रको प्रतिलिपि - १ प्रति

घ) राप्ती सोनारी गा.पा. मा व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि - १ प्रति

१) प्राविधिकले तयार गरेको मुल्यांकन र कार्यसम्पादन प्रतिवेदन

२) अन्तिम किस्ता माग गर्ने उपभोक्ता समितिको निर्णय

३) योजनामा खर्च भएको अनुदान रकम बरावरको विल भरपाई र डोरहाजारी फारम (दोश्रो किस्तामा पेश गरेको बाहेक)

४) जनश्रमदानबाट भएको कामको विल भरपाई र डोरहाजिरी (छुट्टै)

५) यिजना स्तरीय अनुगमन समितिको निर्णय सहितको सिफारिस

६) वडा स्तरको अनुगमन समिति एवं गाउँपालिका स्तरीय अनुगमन समितिको सिफारिस

७) सामाग्री ढुवानी भएको ढुवानी साधनको ब्लु बुक र चलन अनुमति पत्रको प्रतिलिपि

८) निर्माण सामाग्री खरिद गर्दा रु २००००/- भन्दा माथि मूल्य अभिबृद्धि कर (भ्याट) को कर विजेक भएको हुनुपर्ने

९) रु २००००/- भन्दा मुनिको सामाग्री खरिद भए पब विल प्रयोग गर्न सकिन्छ । तारा पान विल प्रयोग गर्न नपाइने सामग्रीहरुमा यो बुंदा लागु हुने छैन

१०) एकै प्रकृतिको सामाग्री खरिदमा टुक्रा टुक्रा गरी खरिद गरिएको विल मान्य हुने छैन

११) योजना सूचना पाटि योजना स्थलमा राखी सो को फोटो १ प्रति र काम हुनु भन्दा पहिलेको अवस्था बुझाउने र काम भई सके पछि कस्तो देखिन्छ सो को फोटोहरु

१२) सम्पन्न योजनाको पूर्ण भाग देखिने फोटो १ प्रति

१) दोश्रो किस्ता मागको उपभोक्ता समितिको निर्णय र निवेदन

२) प्राविधिकबाट तयार भएको कामको मुल्यांकन (रनिङ्गविल)

३) प्रथम किस्ता रकम बराबरका विल भरपाई

४) वडा कार्यालयको सिफारिस पत्र

१) उपभोक्ता समिति गठन गर्ने आम भेलाको निर्णयको प्रतिलिपि

२) उपभोक्ता समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि

३) प्राविधिक द्वारा तयार गरिएको आयोजनाको लागत अनुमान विवरणको सक्कल कागजात

४) वडा कर्यलायाबता सम्झौता भएमा कार्यादेश  सहितका कागजात

५) वडा कार्यालयको सिफारिस पत्र

६) योजना किताबमा उल्लेखित नाम सँग हुबहु मिल्ने छाप

७) अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त सहिछाप चल्ने गरी बैंक खाता खोलेको निस्सा

८) पहिलो किस्ता माग गर्ने सबन्धित उपभोक्ता समितिको निर्णय

१) आयोजनाबाट प्रत्यक्ष लाभान्वित उपभोक्ताहरुको आम भेलाबाट अधिकतम सहभागितामा सम्बन्धित आयोजनास्थलमा नै सातदेखि एघार (७ देखि ११ जना) सदस्यीय उपभोक्ता समिति गठन गर्नुपर्नेछ ।

२) समिति गठनको लागि आम भेला हुने समय, मिति, स्थान र भेलाको बिषय  त्यस्तो भेला हुने मितिले कम्तिमा सात दिन (७ दिन) अगावै सार्वजनिक रुपमा जानकारी गराउनु पर्नेछ ।

३) गाउँपालिका स्तरीय आयोजना सञ्चालनको लागि उपभोक्ता समितिको गठन गर्दा कार्यपालिकाले तोकेको कार्यपालिकाका सदस्य र कार्यालयको प्रतिनिधिको रोहवरमा गर्नु पर्नेछ ।

४) वडास्तरीय आयोजना सञ्चालनको लागि उपभोक्ता समिति गठन गर्दा सम्वन्धित वडाको वडा अध्यक्ष वा वडा सदस्य र कार्यालयले तोकेको कार्यालयको प्रतिनिधिको रोहवरमा गर्नु पर्नेछ ।

५) उपभोक्ता समिति गठनको लागि बोलाईएको भेलामा योजनाको संक्षिप्त विवरण र समितिको संरचना सहितको जानकारी कार्यालयको प्रतिनिधिले गराउनु पर्नेछ ।

६) उपभोक्ता समिति गठन गर्दा समावेशी सिद्धान्तको अवलम्वन गर्नु पर्ने छ । समितिमा कम्तिमा तेत्तीस प्रतिशत (३३%) महिला सदस्य हुनुपर्नेछ । समितिको अध्यक्ष, सचिव र कोषाध्यक्षमध्ये कम्तीमा एकजना महिला पदाधिकारी हुनुपर्नेछ ।

७) एक व्यक्ति एकभन्दा बढी उपभोक्ता समितिको सदस्य हुन पाउने छैन । साथै सगोलका परिवारबाट एकजना भन्दा बढी व्यक्ति एउटै उपभोक्ता समितिको सदस्य हुन पाइने छैन ।

८) उपभोक्ता समितिको गठन सकेसम्म सर्वसम्मत तरिकाले गर्नुपर्नेछ । सर्वसम्मत हुन नसकेमा उपभोक्ताहरुको बहुमतबाट उपभोक्ता समितिको गठन गरिने छ ।

९) उपभोक्ताहरुको लागत सहभागितामा सञ्चालन हुने आयोजनाहरु उपभोक्ता समितिबाट कार्यान्वयन गर्न प्राथमिकता दिईनेछ ।

१०) उपभोक्ता समितिले सम्झौता बमोजिम गर्नु पर्ने काम समिति आफैंले गर्नु गराउनु पर्नेछ । अन्य कुनै निर्माण व्यवसायी वा अन्य व्यक्ति वा सस्थालाई ठेक्कामा दिई गर्न गराउन पाइने छैन ।

११) कार्यालयले आयोजना सञ्चालन एवम् कार्यान्वयनमा संलग्न उपभोक्ता समितिको अभिलेख अनुसूची १ बमोजिमको ढाँचामा व्यवस्थित गर्नु पर्नेछ ।

सम्पर्क नं. : ९८५८०६०१४५

ईमेल : info@raptisonarimun.gov.np / raptisonarumun@gmail.com

वेवसाईट : raptisonarimun.gov.np

फेसवुक : @raptisonarimun