समाचार
राप्ती सोनारी गाउँपालिकाको तेश्रो गाउँ सभाका झलकहरु
तेस्रो गाउँ सभा
२०७५ असार२२ गते
राप्ती सोनारी गाउँपालिका कार्यालय, अगैया ।
राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेको छ । आयोजित तेस्रो गाउँ सभामा आर्थिक वर्ष २०७५/७६ का लागि ६४ करोड ८६ लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरियो ।
गाउँपालिका उपाध्यक्ष श्री धनीकुमारी खत्री ज्यू ले कुल पुँजीगततर्फ २८ करोड ९७ लाख २२ हजार, चालुतर्फ ८ करोड ३८ लाख ५० हजारको बजेट प्रस्तुत गर्नुभयो । यस्तै गाउँपालिकाको आन्तरिक तर्फको आम्दानी १ करोड २४ लाख ८६ हजार, राजश्व बाँडफाँडबाट प्राप्त रकम (आन्तरिक) २ करोड गरी कुल ३ करोड २४ लाख ८६ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको छ । संघीय सरकारतर्फबाट वित्तिय समानीकरण अनुदान १६ करोड ४७ लाख, सःशर्त अनुदान १९ करोड ५५ लाख, राजश्व बाँडफाँडबाट १४ करोड ६० लाख ४९ हजार, सामाजिक सुरक्षा अनुदान ७ करोड, प्रदेश सरकारतर्फबाट वित्तिय समानीकरण अनुदान ४८ लाख ९८ हजार, सःशर्त अनुदान ९६ लाख, सवारी साधन करको अनुमानित राजश्व बाँडफाँट १ करोड ४३ लाख ९ हजारको बजेट प्रस्तुत गरिएको छ।