समाचार
राप्ति सोनारी साक्षर गाउँपालिका घोषणा कार्यक्रमका झलकहरु
कार्यक्रम :- राप्ती सोनारी साक्षर गाउँपालिका घोषणा कार्यक्रम
मिति : २०७६/३/३० गते
स्थान :राप्ति सोनारी गाउँपालिका कार्यालय प्रांगण, अगैया |
राप्तीसोनारी गाउँपालिका ‘साक्षर’ गाउाँपालिका घोषित भएको छ । गाउँपालिका परिसरमा सोमबार आयोजित एक भब्य समारोहमा साक्षर घोषणा गरिएको हो । यो सँगै राप्तीसोनारी जिल्लाको चौथो साक्षर गाउँपालिका भएको छ । जिल्लामा सबैभन्दा पहिले कोहलपुर नगरपालिकाले साक्षर नगर घोषणा गरेको थियो । त्यसपछि क्रमशः खजुरा र जानकी गाउँपालिकाले घोषणा गरेका थिए । साक्षर घोषणा गरेपछि राप्तीसोनारीले जिल्ला समन्वय समिति बाँकेबाट प्रोत्साहन स्वरुप ६ लाख १५ हजार रुपैयाँ प्राप्त गरेको छ ।